Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको आगामी पुस महिनामा हुने दीक्षान्त समारोहमा ८३ हजार चार सय २५ विद्यार्थी दीक्षित हुने भएका छन् । बुधबार त्रिविको ५७ औं वार्षिक दिवसका अवसरमा ५४ औं ग्रेस लिष्ट पारित गरिएको छ । ग्रेस लिष्टमा परेका विद्यार्थीले दीक्षान्त समारोहमा भाग लिन सक्नेछन् ।

ग्रेस लिष्ट अन्तर्गत २०७२ जेठ १८ देखि २०७३ असार १ गते सम्मका संस्थान अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानका तीन हजार आठ सय ७७ विद्यार्थी, इन्जिनियरिङ अध्ययन संस्थानका दुई हजार दई सय आठ, चिकित्साशास्त्र अध्ययन संस्थानका एक हजार चार सय ४६, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका दुई सय ५८, वन विज्ञान अध्ययन संस्थानका दुई सय १७ विद्यार्थी दीक्षित हुने भएका छन् ।

त्यस्तै संकाय अन्तर्गत  शिक्षाशास्का ३१ हजार चार सय आठ, व्यवस्थापनका २७ हजार दुई सय ३७, मानविकी तथा सामाजिशास्त्रका १५ हजार नौ सय २७ र कानुन संकायका आठ सय ४७ विद्यार्थी दीक्षित हुने भएका हुन् ।

तपाईको प्रतिक्रिया