टोकियो – जापानका सम्राट अकिहितोले आगामी वर्ष स्वेच्छाले गद्दी त्याग्ने चाहना राखेको घोषणा गरेका छन् ।

जापानको समाचार संस्था ‘एनएचके’ले ८२ वर्षीय सम्राटले गद्दी त्याग्ने चाहनाको कारणबारे भने केही खुलाएको छैन । पछिल्लो समय सम्राटको स्वास्थ्यमा समस्या देखिँदै आएको बीबीसीले जनाएको छ ।
उनी २७ वर्षदेखि जापानको सम्राट छन् । सम्राटको गद्दी त्याग्ने कदमलाई भने अनौठो कदमकोरुपमा हेरिने देखिएको छ । ५६ वर्षीय राजकुमार नारुहितो जापानको सम्राट हुने लाइनमा छन् ।








