Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

nigam

काठमाडौं – सरकारलाई अन्तिम किस्ताको साँवा ब्याज गरी १ अर्ब ४१ करोड रुपैयाँ तिरेपछि निगममा अब कुनै ऋणभार रहेन । कान्तिपुर दैनिकमा समाचार छ।
स्वचालित मूल्यसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि निगम नाफामा गर्इ ऋण तिर्न सफल भएको हो। ‘करिब १४ वर्षदेखिको ऋण आइतबारबाट मुक्त भयौं,’ निगम अर्थ विभागका निर्देशक सीताराम पोखरेलले भने,‘ऋण तिर्न सफल हुनुमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावट र स्वचालित मूल्य कार्यान्वयन गर्नु नै हो।’
अर्थ मन्त्रालयले पनि असारभित्रै ऋण चुक्ता गर्न पत्राचार गरेपछि निगमले पनि सोही अनुसार तिरेको हो। अहिले पनि निगमको मासिक नाफा ७० करोड रुपैयाँ छ।
राजनीतिक हस्तक्षेपमा परेको निगमले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न नसकेपछि २०५९/६० देखि घाटामा गएर ऋण लिई इन्धन आपूर्ति गरेको थियो।

तपाईको प्रतिक्रिया