Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

बनेपा – काभ्रेपलाञ्चोकमा एक प्रहरीले आज आफ्नै खुट्टामा गोली हानेका छन् ।

प्रहरी चौकी श्यामपाटीमा कार्यरत पर्सा जिल्लाका २७ वर्षीय प्रहरी जवान जगत बैठाले आफूसँग रहेको थ्री नट थ्री राइफलले आफ्नै दाहिने तिघ्रामा एक गोली हानेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

पारिवारिक तनावका कारण उनले आफैँलाई गोली हानेको प्रहरीले अनुमान गरेको छ । गोली लागेर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया