Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौँ – युवा क्रिक्रेटर सन्दीप लामिछानेलाई सानिमा बैङ्कले छात्रवृक्तिस्वरुप मासिक २० हजार रुपैयाँ दिने भएको छ ।

राजधानीमा आयोजित एक समारोहबीच बैङ्कका सिइओ भुवन दाहाल र क्रिकेटर लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैङ्कले लामिछानेलाई दुई वर्षसम्म आजैका मितिदेखि लागू हुनेगरी मासिक २० हजार रुपैयाँ प्रदान गर्नेछन् ।

sandeep

उक्त रकम पछि बढाउन पनि सकिने बैङ्कले जनाएको छ ।बैङ्कका सिइओ दाहालले समाजिक उत्तरदायित्वअन्तर्गत लामिछानेलाई सहयोग गरेको बताउनुभयो ’युवा क्रिकेटरलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ सिइओ दाहालले भन्नुभयोे, ’हामीले समग्र नेपाली क्रिकेटको विकासका निम्ति पनि अगामि दिनमा सहयोग गर्दै जानेछौं।’

उक्त सम्झौता नेपाल क्रिकेट खेलाडी सङ्घको पहलमा भएको हो ।

तपाईको प्रतिक्रिया