Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

पोखरा – नेकपा (माओवादी) केन्द्रका प्रवक्ता पम्फा भुषालले सहमतीय सरकारको नेतृत्व लिन माओवादी तयार रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल कास्कीको एकता अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले जसको नेतृत्वमा सहमति हुन्छ त्यसैको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने र नेतृत्व दिए माओवादीपछि नहट्ने धारणा राख्नुभयो ।

दुई ठूला पार्टीबीचको सहमति एक वर्षअघि टुटेपछि नेकपा (एमाले)को नेतृत्वमा माओवादीलगायतका दल मिलेर सरकार बनेको स्मरण गराउँँदै प्रवक्ता भुषालले बहुमतीय आधारमा बनेको सरकार प्रभावकारी हुन नसकेको विचार व्यक्त गर्नुभयो

तपाईको प्रतिक्रिया