Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – कास्की पोखरा समाज जापानको प्रथम महाधिवेशन सम्पन्न भएको छ । शिवप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै महाधिवेशन सम्पन्न भएको हो । euro

अध्यक्षमा उमनाथ कोइराला, सन्देश अधिकारी र शिवप्रसाद पौडेलको त्रिकोणात्मक प्रतिस्पर्धा रहेपनि अधिकारी सल्लाहकारमा र कोइराला उपाध्यक्ष पदमा रहने सहमति गरी पौडेललाई निर्बिरोध अध्यक्ष चयन गरिएको हो । समितिको उपाध्यक्षमा विष्णु प्रसाद सुवेदी, महासचिवमा सुरेश लामिछाने, कोषाध्यक्षमा खड्कसिंह गुरुङ, सहकोषाध्यक्षमा विष्णुप्रसाद त्रिपाठी, प्रबक्तामा अमर गुरुङ, महिला संयोजकमा अनिला गुरुङ र युवा संयोजकमा आशिष गुरुङ चयन हुनुभएको छ ।

गठित नबनियुक्त कार्यसमीति लाई निवर्तमान अध्यक्ष जे.पी पण्डितले सपथ ग्रहण गराउनुभयो । यसैगरी सदस्यमा कृष्ण तिमिल्सिना, कमल बास्तोला, नबराज गिरी, अन्जु भण्डारी, नेत्रपाणी पौडेल, मिलन गुरुङ, सञ्जय थापा, उदय थापा, राम गुरुङ, मोहन पन्त, हरिबहादुर पहारी, मोहन घले, दिपेन्द्र गुरुङ (कान्छी), रामबहादुर लामिछाने, हर्क गुरुङ लक्ष्मी नारायण आचार्य, राजु पौडेल रहनुभएको छ ।

त्यस्तै समाजको संरक्षकमा रबिन शेरचन र सल्लाहाकारहरुमा क्रमश विकास श्रेष्ठ, ईश्वर गुरुङ, डा.राम गिरी, सुरेश गिरी, जे.पी पण्डित, ईश्वर अधिकारी, सन्देश अधिकारी र हिक्मत शेरचन रहनुभएको छ ।

अध्यक्ष जे.पी पण्डितको सभापतित्वमा भएको अधिबेशनमा कास्की पोखरा समाजका संरक्षक, सल्लाहाकार, प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले नयाँ कार्यसमितीलाई शुभकामना दिनुभएको थियो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया