Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य स्थितिमा केही सुधार देखिएपनि अझै गम्भीर रहेको छ ।

चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहनुभएका महामन्त्री कोइरालालाई आज बिहान अचानक बान्ता भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । वान्ता गर्ने क्रममा उहाँको फोक्सोमा खाना अड्किएपछि निमोनियाको सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न डा. लव जोशीले महामन्त्री कोइरालाको स्वास्थ्य केही सुधारोन्मुख देखिएपनि अझै गम्भीर नै रहेको जानकारी दिनुभयो । अस्पताल परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा डा जोशीले महामन्त्री कोइरालाको स्वास्थ्यमा केही सुधार देखिएको र बोलाउदा उहाँले महसुस गरेको बताउनुभयो ।

डा. जोशीले भन्नुभयो, “अहिलेकै अवस्थामा कम्तीमा २४ घन्टा समय पार भयो भने स्वास्थ्यमा सुधार आउनेमा हामी आशावादी छौँ ।” नेता कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबको अवस्था स्थिर रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “पर्याप्त मात्रामा पिसाब गर्नुभएको छ, यो राम्रो सङ्केत हो ।” बिहानको तुलनामा मिर्गौला र कलेजोमा समेत सुधार देखिएको र अहिले उहाँको रक्तचापको अवस्था १२०–५० हुनुका साथै चिकित्सकले औषधिको पूरा मात्रा दिएर उपचार भइरहेको जनाएका छन् । स्वास्थ्यमा सुधार ल्याउन सजिलो होस् भन्नाका लागि महामन्त्री कोइरालालाई कृतिम श्वास प्रश्वासको सहयोग दिइएको छ ।

उहाँको गम्भीर स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चिकित्सकले एयर एम्बुलेन्समार्फत विदेश लैजानुभन्दा उपचारको सबै व्यवस्था यही गर्नु उपयुक्त हुने जनाएका हुन । कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले महामन्त्रीलाई बोलाउदा सुनेजस्तो गरी आँखा खोलेको जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया