Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – नयाँ शक्ति नेपाल, काठमाडौं महानगर परिषद्ले भूकम्प र नाकाबन्दीले आक्रान्त भइरहेको अवस्थामा काठमाडौँ महानगरपालिकाले स्थानीय कर र सेवा शुल्कमा गरेको वृद्धिको भत्र्सना गरेको छ ।
स्थानीय स्वायत्त शासन ऐनले काठमाडौँ महानरपालिकाको राजस्व र सेवा शुल्क निर्धारण गर्दा स्थानीय राजस्व परामर्श समिति गठन गरी सो समितिको प्रतिवेदन नगर परिषद्बाट पारित गर्नुपर्ने स्पष्ट प्रावधान हुँदाहुँदै अकस्मात् र अप्रत्याशित राजश्व दर र सेवा शुल्क वृद्धि गर्नु कानुनी राज्यको मान्यता विपरीत रहेको भन्दै परिषद्ले शुल्क वृद्धि फिर्ता गर्न माग गरेको छ ।

करको दायरामा आउने र नआउने दुबैले सेवा सुविधा समान उपभोग गर्ने तर कर तिरिरहेका व्यक्ति र संस्थालाई झन् बढी कर तिर्न लगाउने कुरा न्यायोचित नभएको परिषदका संयोजक शोभा वज्राचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । करको दायरामा नआएकासँग कर उठाउन नसक्नु महानगरपालिकाको व्यवस्थापकीय कमजोरी रहेको उहाँको आरोप छ । साथै परिषद्ले राजस्व दर र सेवा शुल्कबारे सर्वदलीय छलफल गरिनुपर्ने आवश्यकतालाई पनि औँल्याएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया