Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो- वर्ल्ड कोशिकी कराँते फ़ेडेरेशनको आयोजनामा जापानको चिवा प्रान्तको उरायासु स्पोर्टस् सेन्टरमा भएको एक प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरुले कास्य र रजत पदक जित्न सफल भएका छन् ।
यही जुनको २५ र २६ मा भएको खेलमा १७ देशका खेलाडीहरुको सहभागिता रहेको थियो । यस खेलमा नेपालको तर्फबाट पहिलो पटक सहभागी भएको हो ।
नेपालको तर्फबाट १८ वर्ष भन्दा कम समूहमा सुक्ष्मा तामाङले काता र कुमोतेमा रजत पदक जितेकी हुन् भने १५ वर्ष कम उमेर समूहमा सुक्ष्मा श्रेष्ठले कास्य पदक हाता पारेकी छिन् ।
सिनओकुवोस्थित नमस्ते गजल रेष्टुरेन्टमा भएको पत्रकार भेटघाट कार्यक्रममा आयोजक संस्थाका विशेष सल्लाहकार नोवु मोचिजुकीले ५० औं देशमा शाखा रहेको यस खेलमा नेपालका खेलाडीहरुले पहिलो पटक सहभागी भएर पनि पदक जित्न सफल भएकोमा धन्यवाद दिनुभयो । त्यसैगरी उहाँले कल्चरल प्रोग्राममा नेपालको तर्फबाट लाखे नाच प्रस्तुत गरिएकोमा पनि विशेष धन्यवाद दिनुभयो । नेपाली लाखे नाच जापानीहरुले पनि निकै मन पराएर कौतुहलतापूर्वक हेरेको स्मरण गराउनुभयो ।samudrapari-karate
सिन्धुपाल्चोकका भैरव श्रेष्ठको नेतृत्वमा लाखे नाच पनि प्रस्तुत गरिएको थियो । पत्रकार सम्मेलनमा नेपाल वादो फेडेरेशनका अध्यक्ष सन्जय लामा, प्रशिक्षक अरुणकुमार कार्की, एशिया चिफ प्रशिक्षक कोम्यो मिलन श्रेष्ठ, खेलकूदप्रेमी इन्द्रवहादुर खड्का लगायतले मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा खेलमा सहभागी खेलाडीहरुले पनि अा-आफ्नो अनुभव सुनाएका थिए । प्रशिक्षक अरुणकुमार कार्कीले खेलाडीहरुले आफ्नै खर्चमा जापानजस्तो देशसम्म आएर पहिलो पटकमै निकै उत्साहजनक खेल प्रदर्शन गरी पदक जित्न सफल भएकोमा बधाइ तथा सहयोगी सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो । नेपाल वादाे फिडेरेशनका अध्यक्ष सन्जय लामाले जापानमा खेल खेलेर खेलाडीहरूले धेरै कुरा सिकेको विश्वाश व्यक्त गर्नुभयो । त्यसैगरी पोल्याण्डमा हुने अागामी खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीहरूलाइ हाैसला दिनुभएको थियो । ***

Karate

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया