Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बहुप्रतिक्षित अस्ट्रेलिया भमण अन्तिम समयमा रद्द भएको छ ।  उहांको स्वागतमा अष्ट्रेलियामा ठूलै तयारी भईरहेको थियो । उहांको लागि होटल बुक भइसकेको,  मोबाइलको सिमकार्ड समेत किनिएको र  घुमाउने योजना पुरै बनिसकेको थियो ।

एनआरएन अस्ट्रेलियाले पूर्व प्रधानमन्त्रीको हैसियतमा आइतबार (असार १२ गते) का लागि रात्रिभोज तय गरेको थियो । सर्वदलीय बैठक बसेर यी सबै कार्यक्रम रद्द बनाइएको आजको नागरिक दैनिकमा खबर छ । बुधवार दिउँसो १ः०५ बजे उँहाको फ्लाइट थियो । तर उड्नु दुई घण्टाअघि मात्र भ्रमण रद्द भएको थियो । उहाँका साथमा श्रीमती, छोरा प्रकाश र स्वकीय सचिव जाने तय भएको लाजिम्पाट स्रोतले जनाएको थियो।

अस्ट्रेलियाको न्यू साउथ वेल्समा शनिवारदेखि सुरु हुने भनिएको जनप्रगतिशील मञ्चको महाधिवेशन उद्घाटन गर्ने र सम्बोधन गर्न दाहाल त्यसतर्फ जान लाग्नुभएको थियो । ‘भ्रमण स्थगित हुनुमा दुईवटा कारण देखाइएको छ, नेपालको तरल राजनीति र यहाँको न्यू साउथ वेल्स प्रिमियरमा उहाँविरुद्ध परेको उजुरी’, न्यू साउथ वेल्समा रहेका पत्रकार हेमन्त काफ्लेले भन्नुभयो,‘मुख्य कारण के हो भन्न सक्ने अवस्था छैन, उजुरीले गर्दा पनि नआएको हुन सक्ने आशंका व्यक्त भइरहेको छ ।’

दाहालविरुद्ध नेपालमा युद्ध अपराधको मुद्दा चलिरहेको र माओवादी द्वन्द्वको नेतृत्वकर्ता भएको उल्लेख गर्दै नेपाली मूलका अस्ट्रेलियन नागरिकले प्रिमियर प्रमुख माइक बेयर्डसमक्ष उजुरी हाल्नुभएको थियो । उक्त उजुरी अस्ट्रेलियाको एमएनटिभीले सार्वजनिक गरेको बताईएको छ । ***

तपाईको प्रतिक्रिया