Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले व्यवस्थापिका संसद अवरुद्ध गरेको छ । भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी नभएको भन्दै काँग्रेसले संसद चल्न नदिने निर्णय गरेको हो ।

भूकम्प प्रभावितको राहत वितरण प्रभावकारी नभएको र पुनर्निर्माण पनि अघि बढ्न नसकेको काँग्रेसले बताएको छ । प्रतिपरिवार दुई लाख रुपैयाँ राहत उपलब्ध गराउन सरकारले ढिलाइ गरेको काँग्रेसको आरोप छ ।

आफूहरुले संसदमा आवाज उठाएको नौ दिन भएको र सभामुखले रुलिङ गरेको तीन दिन हुँदा पनि सरकारबाट जवाफ नआएको भन्दै उनले संसद चल्न नदिने बताए ।

तपाईको प्रतिक्रिया