Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026
दाङ- दाङ देउखुरीको लमही बजारमा नाटकीय ढङ्गले करिब ६२ हजार रूपैयाँ लुटिएको छ ।
देउखुरी लालमतिया-८ मसुरिया निवासी नन्दलाल घर्तीमगरको नाममा विदेशबाट आएको उक्त रकम लमहीस्थित वेस्टर्न युनियनबाट झिकिएपछि लुटिएको पीडित घर्तीमगरले जानकारी दिनुभयो ।
‘तपाइहरुको पछाडि उल्टी गरेको फोहर लागेको छ’ भनेर एकजना अपरिचित व्यक्तिले भनेपछि लमहीको राष्ट्रिय वाणिज्य बैंक नजिकै झोला झुन्डयाएर फोहोर धुन लाग्दा एक अज्ञात व्यक्तिले झोला टिपेर फरार भएको एक प्रत्यक्षदर्शीले बताए ।
हिन्दूहरूको दोस्रो ठूलो चाड शुभदीपावली नजिकिँदै गर्दा दाङको देउखुरीमा चोरीका घटनामा वृद्धि भइरहेको छ । नगदसहित झोलामा ३० हजार मूल्यको मोबाइल पनि रहेको बताइएको छ ।
यसैबीच, इलाका प्रहरी कार्यालय लमहीले चोर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया