Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

युएई – वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहदै आएका लोक गायक गोपी कृष्ण पंगेनीले प्रवासबाटै नयाँ गिती कोशेली बजारमा ल्याउनुभएको छ ।

गत वर्ष प्रवासी नेपालीका कथा समेटिएको सालैजो भाका सार्वजनिक गर्नुभएका पंगेनीले यस वर्ष नाँचु नाँचु पार्ने रोईला भाका लिएर दर्शक श्रोता माझ आउनुभएको हो । स्थायी घर स्याङजा भएका पंगेनीले चर्चित गीतकार, शब्द संकलन तथा संगितकार एक नारायण भण्डारीको लय शब्दमा सार्वजनिक गरिएको रोईला गीतमा गायिका देवी घर्तिको साथ रहेको छ । ‘लैनो गाईलाई घास, थारो गाईलाई पराल छ मायाले मन बराल्छ’ भन्दै ठ्टौली किसिमले गाईएको गीतमा शंकर बिसिले निर्देशन गर्नुभएको हो ।2

सितारा म्युजिकले बजार व्यवस्थापन गर्ने गरी सार्वजनिक गरिएको एल्बमको म्युजिक भिडियो भने म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । मह स्टुडियोमा छायांकन गरिएको म्युजिक भिडियोमा बिसी र अन्जली अधिकारीलाई भिडियोमा देख्न सकिन्छ । भिडियोमा राजेश घिमिरेको छायंकन तथा नवीन घर्तिमगरको सम्पादन रहेको छ ।

अघिल्लो वर्ष मत परदेशी बोलको गिती एल्बम ल्याएका पंगेनीले सालैजो भाकाले जस्तै मायाले मन बराल्छ बोलको गीतले दर्शक श्रोताको मन जित्ने अपेक्षा पंगेनीको छ । सन २००३ देखिनै वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहनुभएका पंगेनी गैर आवासीय नेपाली संघ युएईको सांस्कृतिक संयोजक र अन्तर्राष्ट्रिय  नेपाली कलाकार संघका महासचिव समेत हुनुहुन्छ ।

भिडियो : 

तपाईको प्रतिक्रिया