Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026
काठमाडौं- एकीकृत नेकपा माओवादीका सभासद कुबेर ओलीले सोमबार संविधानसभा भवनमै रगत बान्ता गरेका छन।
संसद बैठकमा भाग लिन संविधानसभा भवन नयाँ बानेश्वर पुगेका ओली नाकबाट रगत बगेर बेहोस भएपछि उपचारका लागि नर्भिक अस्पताल लगिएको छ । दाङ निवासी ओली माओवादी उपाध्यक्ष मोहन वैद्यले सभासदबाट राजीनामा दिएपछि सोही स्थानमा चुनिएका हुन् ।
पहिलादेखि नै अस्वस्थ रहेका ओलीले नर्भिक अस्पतालमा उपचार गराइरहेको पारिवारिक स्रोतले जनाएको छ । ***

तपाईको प्रतिक्रिया