Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

मुगु – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् गगन थापाले केपी ओली नेतृत्वको सहमतीय सरकारमा काँग्रेस नजाने बताउनुभएको छ ।

नेपाल तरुण दल मुगुको चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता थापाले नयाँ संविधान जारी गरिसकेको अवस्थामा अब कसैको पनि हस्तक्षेप नसहने दाबी गर्नुभयो । देशको सम्वृद्धि र विकास तथा सरकार सञ्चालनका विषयमा कसैको हस्तक्षेप नसहने बताँउदै थापाले भन्नुभयो,‘ यसमा भारत र चीनले हस्तक्षेप गर्न खोजे सबै दल मिलेर प्रतिकार गर्नुपर्छ ।’

सरकारले मंसिरमा गराउने भनेको स्थानीय निर्वाचन कुनै हालतमा सम्भव नहुने थापाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया