Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026
अछाम– नेपालको सबैभन्दा बढी एचआइभी पीडित व्यक्तिको बसोबास रहेको भनेर चिनिने जिल्ला अछाममा हालसम्ममा एचआइभी सङ्क्रमितको सङ्ख्या एक हजार १७३ पुगेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय अछामले दिएको तथ्याङ्कअनुसार जिल्लाभर रगत परीक्षण गराउने ३८ हजार पाँच सय १२ मध्ये सात सय ३४ जना महिला र चार सय ३९ पुरुषमा एचआइभी पोजेटिभ देखिएको छ ।
एचआइभी पोजेटिभ देखिएकामध्ये ३० देखि ३९ उमेर समूहका बढी छन् । यो उमेर समूहमा मात्रै एचआइभी सङ्क्रमितको सङ्ख्या चार सय ९० छ । जम्मा सङ्क्रमितमध्ये ७८ जना बालबालिका हुन् ।
यसमध्ये ४७ जना बालक र ३१ जना बालिका रहेका छन् । जिल्लामा बालबालिकामा समेत एचआइभी÷एड्सले डरलाग्दो रुप देखाएको छ ।

तपाईको प्रतिक्रिया