Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026
काठमाडौं– रक्षामन्त्री शरतसिंह भण्डारीलाई हटाउनेबारे सत्तारुढ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)मा विवाद देखिएको छ । तर भूमिसुधार मन्त्रीले राजीनामा दिएपछि भण्डारी स्वयंले दबाब महसुस गरेका छन् ।
अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार नै राजीनामा नगराउने पक्षमा छन् । उनले यसअघि नै पत्रकार सम्मेलन गरी गल्ती भएको भन्दै माफी दिन आग्रह गरेका थिए ।
फोरम लोकतान्त्रिकभित्रको विवाद मिलाउन सोमबार राजनीतिक समितिको बैठक बस्दैछ । भण्डारी राजनीतिक समितिका सदस्य एवं पार्टीका बरिष्ठ नेता हुन् ।
फोरम लोकतान्त्रिकका एक सभासद्ले समुद्रपारिलाई दिएको जानकारी अनुसार आइतबार साँझसम्म भण्डारी राजीनामा दिने मनःस्थितिमा थिएनन् । ‘प्रभू शाह र मेरो सन्दर्भ अलग अलग हो,’ रक्षामन्त्रीको भनाइ उद्यृत गर्दै ती सभासद्ले भने, ‘मेरो राजीनामाको कुरै आउँदैन ।’
यसैबीच पत्रकार सम्मेलन गरी गल्ती भएको भन्दै माफी दिन गच्छदारको आग्रहप्रति संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि आपत्ति जनाएको छ । मोर्चाभित्र निर्णय नगरी बोलेको आरोप गच्छदारमाथि छ ।
मधेसका २२ जिल्लाले निर्णय गरे मुलुक टुक्र्याउन कुनै कानुनले रोक्न नसक्ने अभिव्यक्ति दिएका रक्षामन्त्री भण्डारीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान छ ।
विश्व हिन्दू युवा संघका अध्यक्ष काशीनाथ तिवारी हत्या अभियोग लागेका भूमिसुधार मन्त्री प्रभू साहको राजीनामासँगै भण्डारीमाथि पनि राजीनामा दिनुपर्ने नैतिक दबाब परेको छ ।

तपाईको प्रतिक्रिया