Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
काठमाडौं– पञ्चायत, बहुदल र गणतन्त्रगरी १३ पटकसम्म मन्त्री भएर नयाँ कीर्तिमान कायम गरेका रक्षामन्त्री शरतसिंह भण्डारीको पनि वर्तमान सरकारबाट दुःखद विदाइ हुने भएको छ ।
मधेसका २२ जिल्लाले निर्णय गरे मुलुक टुक्र्याउन कुनै कानुनले रोक्न नसक्ने अभिव्यक्ति दिएका रक्षामन्त्री भण्डारीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडानपछि उनको दल मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सोमबार राजीनामा गर्न लगाउने भएको छ ।
विश्व हिन्दू युवा संघका अध्यक्ष काशीनाथ तिवारी हत्या अभियोग लागेका भूमिसुधार मन्त्री प्रभू साहको राजीनामासँगै भण्डारीमाथि पनि राजीनामा दिनुपर्ने नैतिक दबाब परेको छ ।
सत्तारुढ माओवादी र मधेसी मोर्चाबीच दुवै मन्त्रीलाई राजीनामा गराउने÷नगराउने निर्णय सम्बन्धित दलले गर्ने निर्णय शनिबार गरेको थियो ।
सोमबार बस्ने पार्टी कार्यसम्पादन समितिको बैठकले सम्भवतः भण्डारीलाई राजीनामा गर्न लगाउने निर्णय गर्ने स्रोतले जनाएको छ । यसअघि नै भण्डारीलाई रक्षामन्त्री बनाउन नहुने पक्षमा रहेका पार्टीभित्रका मधेसी नेता पनि राजीनामाकै पक्षमा छन् ।

तपाईको प्रतिक्रिया