Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

मलाई ऋतु मनपर्छ
मलाई फुल मन पर्छ
मलाई बास्ना पनि
त्यसैले होला साकुरा फुल मन पर्छ
अझ तिम्रो माईती नेपाल सुन्दा तिम्रो नामै मन पर्छ
आजभोलि,
खुब व्यस्त छौ गमक्क छाै,
लाजले निहुरीएको छौ
हजारौलाई चटारो छ
तिमीसँग तस्वीर खिचाउन
किनकी तिमी १ बर्ष फर्किदैनौ
केही दिनको पाहुना भ्याईनभ्याई छ
दुनियालाई तिम्रो सुन्दरताको बयान गर्न
अझ,
रंगिबिरगीं बनेको देख्दा थकित मन पनि
खुसि महशुस गर्छन् होला
जापान नै मण्डपमा बसेकी बेहुली जस्तै सिंगारिदियौ
परदेशमा ब्यस्त रहने हजारौ पनि तिम्लाई
हेर्न फुर्सदिला बन्छन् होला
तर,
हेरन सबैको प्यारो तिमीलाई हेर्न जानै भ्याईन
म आफु बन्नु छ जापानलाई बनाउनु छ म ब्यस्त रहें त्यसैले गईन
बरु मिल्छ भने २ घण्टासुत्ने सपनीमा आई देउ
तिमी फर्किदा सन्देश आमालाई पठाउनु छ
मेरो ब्यथा पनि सुनाउनु छ
जसरी पनि आउ है मैले हेर्ने सपनीमा ।

-गुल्मी (हाल जापान)

तपाईको प्रतिक्रिया