Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २, २०८३
Tuesday, June 16, 2026

टोकियो – शेर्पा संघ जापानको छुफो ढुकलो २१३९ औं ग्याल्बो ल्होसार आइतवार टोकियोमा सम्पन्न भएको छ ।
कार्यक्रममा तमू धीं जापानका अध्यक्ष हर्क गुरुङ, नेपाल मगर संघ टोकियो जापानका अध्यक्ष शैलेन्द्रविक्रम थापा मगर, तामाङ समाज जापानका अध्यक्ष सुकमान थिङ तामाङ, माया नेपाली संगीत संस्थाकी युको ओकामोतो मल्ललगायत टोकियो क्षेत्रमा रहेका शेर्पाबन्धु एवं जापानीहरुको उपस्थिती रहेको थियो।

यसअघि शेर्पा संघ जापानलगायत देश बिदेशमा रहेका ५० भन्दा बढी शेर्पा संघसंस्थाहरुले १४ औं दलाई लामा लगायत अन्य धेरै अवतारी लामाहरुको मुख्य शिक्षक तथा शेर्पाहरुको महागुरु ३१ औ अवतार क्याब्जे ठुल्सिक रिन्पोछेको महापरिनिर्वाण भएको कारण यो बर्षको ड्रुक ल्हो लोसार नमनाउने निर्णय गरिएको थियो।

बौद्ध धर्ममा अरु पनि धर्म गुरुहरु यस अघि देहवसान हुँदा ल्होसार कार्यक्रम रद्द भएको थिएन तर क्याब्जे ठुल्सिक रिन्पोछे शेर्पा सम्प्रदायकै महागुरु भएको कारणले गुरुप्रति श्राद्ध प्रकट गर्न महान पर्व ल्होसारको कार्यक्रम रद्ध गर्ने निर्णय गरिएको भए पनि शेर्पा संघ जापानले आन्तरिक रुपमा २१३९ औं ग्याल्बो ल्होसारको आयोजना गरेको हो । कार्यक्रम टोकियोस्थित हिमालयन मुन क्याफेमा सम्पन्न भएको थियो । ***

तपाईको प्रतिक्रिया