Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026
काठमाडौं– विश्व हिन्दू युवा संघका अध्यक्ष काशीनाथ तिवारी हत्याको अभियोग लागेका भूमिसुधार मन्त्री प्रभू शाह पदमुक्त भएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँबजारमा आइतबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले शाहलाई पदमुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवका अनुसार शाहले आइतबार नै प्रधानमन्त्रीलाई राजीनामा दिनेछन् ।
शाह र मधेसका २२ जिल्लाले निर्णय गरे मुलुक टुक्र्याउन कुनै कानुनले रोक्न नसक्ने अभिव्यक्ति दिएका रक्षामन्त्री शरतसिंह भण्डारीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडानपछि सरकार यस्तो निर्णयमा पुग्न बाध्य भएको हो ।
‘राजनीतिक प्रक्रिया नै ठप्प पार्ने खालका गतिविधि प्रतिपक्षीबाट भएको छ,’ प्रेस सल्लाहकार यादवले सञ्चारकर्मीसित भने, ‘राजनीतिक प्रक्रियाभन्दा ठूलो त एउटा मन्त्री पद पक्कै होइन ।’ रक्षामन्त्री भण्डारीको विषयमा निर्णय गर्ने अधिकार माओवादी र प्रधानमन्त्रीलाईमात्रै नभएको भन्दै यादवले भने, ‘सायद मोर्चाले पनि आजै यसबारे निर्णय लिनेछ ।’
सत्तारुढ माओवादी र मधेसी मोर्चाबीच दुवै मन्त्रीलाई राजीनामा गराउने/नगराउने निर्णय सम्बन्धित दलले गर्ने निर्णय शनिबार गरेको थियो ।

तपाईको प्रतिक्रिया