Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

बेनी (म्याग्दी)- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिका (अनेसास) ले हरेक दुई दुई वर्षमा प्रदान गर्दै आइरहेको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार– २०१५ म्याग्दीका साहित्यकार रामप्रसाद सुवेदीलाई प्रदान गर्ने भएको छ ।

साहित्यकार सुवेदीको म्याग्दी : स्रष्टा र सृष्टि (समालोचना) कृति धौलागिरि अञ्चलका साहित्यकारका कृतिमध्ये सबैभन्दा उत्कृष्ट कृति रहेको ठहर गर्दै एक हजार ५०० यु एस डलर नगद, थप १०० डलर बराबरको आजीवन सदस्यता र सम्मानपत्रका साथ उहाँलाई सो पुरस्कार प्रदान गर्ने अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिनुभयो ।

साहित्यकार सुवेदीसहित संसारभरि छरिएर रहेका नेपाली साहित्यकारमध्ये विभिन्न विधाका दुई दर्जनभन्दा बढी साहित्यकार पनि पुरस्कृत हुने अनेसासले जनाएको छ ।

अनेसासद्वारा घोषणा भएका सम्पूर्ण पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा प्रदान गरिने संस्थापक अध्यक्ष सुवेदीले बताउनुभयो ।

नेपाल र नेपालीलाई भाषा साहित्यको माध्यमबाट अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र नेपाललाई गौरवान्वित बनाउनमा विशेष योगदान दिने साहित्यकार स्रष्टाहरुलाई प्रदान गरिने सो पुरस्कारबाट पुरस्कृत कृतिलाई यस वर्षदेखि अङ्ग्रेजी भाषामा अनुवाद गरी बिक्री वितरणको व्यवस्था पनि अनेसासले नै मिलाउने बताएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया