Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
इस्लामावाद (एजेन्सी)- अल कायदा प्रमुख ओसामा बिन लादेन एबोटाबादस्थित घरमा लुकेकोबारे तत्कालीन सैनिक शासक परवेज मुसर्रफलाई जानकारी गरेको एक अमेरिकी पूर्व गुप्तचर अधिकारीले दाबी गरेका छन्।
 
सिआइएका पूर्व प्रमुख ब्रुस रिडेलले अमेरिकी पत्रिका डेली बिस्टमा लेख लेख्दै पाकिस्तानी गुप्तचर निकायले लादेनका लागि घरसमेत बनाइदिएको जिकिर गरे। आइएसआइका पूर्व प्रमुख जनरल जैउद्दिन बटलाई उद्धृत गर्दै उनले सो दाबी गरेका हुन्। ‘बटले बिन लादेनका लागि आइएसआइका पूर्वप्रमुख तथा ब्रिगेडियर इजाज शाहको निर्देशनमा सुरक्षित घर बनाएका थिए,’ रिडेलले लेखेका छन्, ‘बिन लादेन एबोटाबादमा बस्नुमा इजाज शाह जिम्मेवार छन्। उनले नै लादेनको सुरक्षा ग्यारेन्टी गर्दै लुकाएर राखेका थिए।’
बटले भने जोओ समाचारसँग कुरा गर्दै सो लेखका लागि आफूलाई बद्नियतपूर्वक उद्धृत गरिएको दाबी गरेका छन्। पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफको शासनकालमा बट आइएसआइ प्रमुख भएका थिए। उनी सेनाका सामरिक योजना विभागका पहिलो प्रमुख हुन्। सोही इकाइले परमाणु हतियार राख्ने गरेको छ।
सरिफले सन् १९९९ मा मुसर्रफलाई अपदस्थ गरी बटलाई सेना प्रमुख बनाउने कोसिस गरेका थिए। मुसर्रफले सैनिक विद्रोह गरेर सरिफको सरकार अपदस्थ गरेको थियो। बटलाई दुई वर्षसम्म एक्लै थुनिएको थियो। त्यसपछि सेनाबाट हटाएर उनको सम्पत्ति जफत गरिएको थियो।
पूर्व बिग्रेडियर इजाज शाह सन् २००७ मा पूर्व प्रधानमन्त्री बेनजिर भुट्टो स्वनिर्वासनबाट फर्किदा पाकिस्तानका प्रमुख थिए। भुट्टोले आफ्नो हत्या गर्न भएको घटनामा शाहले संलग्न भएको आरोप लगाएकी थिइन्। शाहले भने त्यसको खण्डन गरेका थिए।
अमेरिकी सैनिक कारबाहीमा परेका लादेन गत वर्षको मेमा एबोटाबादस्थित घरमा मारिएका थिए। लादेन मारिएपछि अमेरिकी अधिकारीले पाकिस्तानको सुरक्षा निकायलाई लादेनबारे जानकारी भए नभएको भनी सोध्दै आएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया