Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

Bipin Ghiimire Okम त हजुर समाजसेवी, खुबै सेवा गर्छु
दिन रात नभनेरै, गर्नुसम्म गर्छु
कैले यल्लाई बोक्छु हजुर, कैले उल्लाई बोक्छु
अवसरबादी म त हजुर, पदकै लागि मर्छु ।

सेवा गरे मेवा पाईन्छ, भन्ने मलाई था’छ
पैसा ख़र्च गरी गरी, पद किन्न पा’छ
बहुमूल्य पद मेरो, खुवै प्रचार गर्छु
काम गर्ने होईन मैले, भन्ने पनि गर्छु ।

समाजसेवा गर्ने पद, थोरै भए भने
जथाभावी पद थप्छु, केटा भर्ती गर्छु
औकातभन्दा ठुलो पद, मैले पाउनैपर्छ
नत्र भने केटा बोकी, भट्टी पसल धाउछु ।

सकेसम्म चाहे जस्तो, पद मैले माग्छु
नसकेमा टेबल ठोक्न, उठ केटा भन्छु
बानी मेरो झगड़ालु, बुध्दी कत्ति छैन
कुबुध्दीले गर्दा हजुर, सफल पनि भईन ।

बेला बेला लुकिछिपी, खुरापाती गर्छु
समाजलाई बिटुल्याउन, आगो लाउने गर्छु
दिमागमा सभ्य भाषा, बस्ने ठाँउ छैन
जथाभावी बोल्छु हजुर, मलाई लाज छैन

टाउको कस्को राख्ने भन्ने, ज्ञान खुबै राख्छु
रिमोट मेरै हातमा हजुर, हर्ताकर्ता भा’छु
म त हजुर समाजसेवी, खुबै सेवा गर्छु
दिन रात नभनेरै, गर्नुसम्म गर्छु |

तपाईको प्रतिक्रिया