Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख १६, २०८२
Tuesday, April 29, 2025

टोकियो – नेपालको अर्थतन्त्रको ठूलो हिस्सा बैदेशिक रोजगारमा रहेका नेपालीहरुको रेमिट्यान्सले ओगटेको अवस्था छ । तिनै नेपालीहरुलाई लक्षित गरि जापानबाट नेपाल लगायत अन्य मुलुकहरुमा पैसा पठाउने कारोवार शुरु गरेका जापानका रेमिट्यान्स कम्पनीहरु अहिले तीब्र प्रतिस्पर्धामा उत्रिएका छन् ।
मुश्किलले २० हजार नेपाली रहेको जापानमा अहिले सिटी एक्सप्रेस (पहिलेको इताउ), जे. एम. ई. र आई. एम. ई. गरी ३ वटा कम्पनीहरु केहि बर्ष अगाडि देखि नै कारोवार शुरु गर्दै आईरहेका छन भने संसार, शेयर, प्रभुलगायतका अरु रेमिट्यान्सहरु थपिने चर्चाले बजार पाएको छ । अर्कोतिर यहि ब्यवसाय गर्नका लागि नेपालबाट बजार संभावनाको अध्ययन गर्न आउने ब्यवसायीहरुको लर्को आफ्नै ठाउँमा छ । यसरी नेपालीहरुको पसिनाको कमाईलाई सुरक्षित र छिटोछरिटो माद्यमबाट नेपालमा आफन्तको हातमा पुर्‍याउने सेवालाई थप चुस्त र दुरुस्त पार्दै सेवाग्राहीलाई सन्तुष्ट बनाउने कार्यलाई थप प्रभावकारी बनाईनु आफ्नो ठाउँमा सह्रानीय मानिएपनि पछिल्लो चरणमा बजारमा देखिएको रेमिट कम्पनीहरुबीचको प्रतिस्पर्धा भने भिन्न प्रकृतिको छ, यसलाई जापानका नेपालीहरुले बिशेष चिन्ता र चासोकासाथ हेरिरहेका छन् ।

बिशेषगरी नेपालीहरुलाई नै लक्षित गरी खोलिएका यी रेमिट कम्पनीहरुले कहिले उपहार योजनाको नाममा त कहिले भारी छूटका नाममा आफ्ना ग्राहकहरुलाई आकर्षित गर्ने कार्यक्रम सार्बजनिक गर्दै आएको भएपनि रेमिट्यान्स शुल्कमा घटिघटाउ गर्दै प्रतिस्पर्धामा उत्रिएको भने यो पहिलोचोटी हो ।
जसअनुसार जापानबाट सबैभन्दा पहिले नेपालमा रेमिट सेवा सुरु गरेको सिटी एक्सप्रेस जापानले यहि फेब्रुअरी १ तारिखदेखि जापानको प्रतिष्ठित कम्पनी एसबीआईसँग मिलेर नयाँ योजनाका साथ कारोवार शुरु गरेको उपलक्ष्यमा भारी छुटका साथ प्रति रेमिट ८८० येनमा रकम पठाउन सकिने त्रैमासिक क्याम्पेन बजारमा ल्याएको छ । टोकियोको सिनओकुबोमा आफ्नो कार्यालय स्थापना गरी यहि महिनादेखि कारोवार शुरु गरेको सिटी एक्सप्रेसले आफ्नो सेवा चौथो वर्षमा प्रवेशसँगै एसबिआईसँग सहकार्य शुभारम्भ गरेको उपलक्षमा सेवा शुल्कमा भारी छुट गरेको बताएको छ । जसअनुसार यहि फेब्रुअरी १ तारिखदेखि अप्रिल ३० तारिखसम्म तीन महिनाको लागि ८८० येनमा एक पटकमा १०० मान येनसम्म पैसा पठाउन सकिने कुरा सिटी एकसप्रेस जापानका अध्यक्ष महेशकुमार श्रेष्ठले बताए ।

यसैबीच जापानमा रेमिटेन्सको कारोबार गर्दै आएको अर्को कम्पनी जापान मनी एक्सप्रेस (जेएमई) ले ८५० येनमा नेपाल पैसा पठाउने सकिने नयाँ क्याम्पेन सार्वजनिक गरेको छ । “नेपालीद्वारा नेपालीका लागि” भन्ने नारासहित जापानबाट पहिलो रेमिट्यान्स सेवा शुरु गरेको दाबी गर्दै आएको जेएमईले यहि फेब्रुअरी १ तारिखबाट लागु हुने गरी केही अबधिको लागि मात्र ८५० येनमा नेपालमा पैसा पठाउने क्याम्पेन बजारमा ल्याएको हो । यसैगरी सो कम्पनीले जापानबाट नेपाल फ़र्कने नेपालीहरुलाई सन् २०१२ भरि नै त्रिभुवन विमानस्थलबाट पिक अप सर्भिस उपलब्ध गराउने भएको छ । उक्त कुरा जेएमईका प्रमुख कार्यकारी अधिकृत डिपि अर्यालले बताएका हुन् ।

उता क्योदाई कम्पनीसंगको सहकार्यमा रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको आइएमइ (क्योदाई) ले रेमिट्यान्स शुल्कमा ५० प्रतिश छूट दिने घोषणा गरेको छ । जसअनुसार एक पटकमा १ हजार येनमा आइरएमई मार्फत संसारका धेरैजसो मुलुकहरुमा रकम पठाउन सकिने बताएको छ । टोकियोको सिनओकुबोमा कार्यालय रहेको आइएमईले हालै मात्र बजारमा ल्याएको १६ लाख बराबरको कार उपहार योजनाको घोषणा गरेको थियो, उक्त उपहार हस्तान्तरण कार्यक्रम यही साता एक समारोहको आयोजना गरी गरिने आईएमई जापानका प्रमुख राजीव श्रेष्ठले बताए ।

नेपाली रुपैयालाई जापानी येनले उछिनेर थोरै येनले धेरै नेपाली रुपैंया हुन सक्ने नयाँ रेकर्ड कायम गरेको बेला रेमिट्यान्स कम्पनीहरुबीच शुरुभएको प्रतिस्पर्धाबाट यहाँका नेपालीहरु भने प्रत्यक्ष लाभान्वित हुने भएका छन् । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया