Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

दुबई- अबुधाबी अदालतले युएईमा कार्यरत तीनजना नेपाली पत्रकार अर्जुन दाहाल, रामप्रसाद ढुङेल र खेमराज खनाललाई सफाइ दिएको छ ।

मार्च ३१ तारिकका दिन स्थानीय अदालतले पत्रकारहरुलाई निर्दोष साबित गर्दै सफाइ दिएको हो । तीन जना पत्रकारलाई अबुधाबीमा सञ्चालित एक ट्राभल्सका नेपाली मालिकले ५ महिना अघि ठुलो बिगो दावी गर्दै यसअघि अदालतमा मुद्दा दायर गरेका थिए ।

यसैबीच दुबईमा नेपाल पत्रकार महासंघ यु.ए.ई. ले शुक्रबार निर्दोष पत्रकाहरुले सफाइ पाएकोमा खुसीयाली सहित एक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै बरिष्ठ समाजसेवी कृष्ण ढकालले आगामी दिनमा नेपाली भएर पनि आफ्नै नेपाली दाजुभाइ लाई दुःख दिने खालका ब्यक्तिहरुलाई समाजले बहिस्कार गर्नु पर्छ भन्नुभयो । उहाँले आगामी दिनमा पनि पत्रकारहरुले निडर भएर सत्य कुरामा कलम चलाई राख्न सल्लाह समेत दिनुभयो ।

यसैगरी कार्यक्रमका अतिथी डि.एल. शर्माले पत्रकारहरुले आफ्नो कलम निरन्तर चलाई रहनु र पत्रकारहरुलाई सबै संघ संस्थाहरुले आईपर्दा सधैं सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

सो अवशरमा नेपाल पत्रकार महासंघ यु.ए.ई. का अध्यक्ष तथा सो कार्यक्रमका सभापति अर्जुन दाहालले सत्य कुराहरुमा सदा कलम चलाई रहने प्रतिवद्धता जनाउँदै समाजमा हुने ठगिका विरुद्धमा सत्यका पक्षमा उभिन सवै पत्रकारलाई आग्रह समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया