Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

bijaya and janukaगत हप्ता जापानी सञ्चार माध्यमहरूमा जापानमा बढिरहेको नेपाली शरणार्थी आबेदन संख्याको बारेमा समाचार प्रमुखताका साथ प्रकाशित भए । जापान स्थित योमोरी पत्रिकाले जनाएअनुसार सन् २०१४ मात्रै १ हजार २ सय ९३ जना नेपालीले शरणार्थी हैसियतका लागि आवेदन दिएका थिए । हाल जापानमा लगभग ३८ हजार नेपाली रहेकोमा यहाँका पत्रिकाहरुले दिएको तथ्याक अनुसार लगभग १५ प्रतिशत नेपालीले शरणार्थीको लागि आबेदन दिएको देखिन्छ । सन् २००७ देखि नेपालीहरूले यसरी आवेदन दिने प्रवृत्ति बढेको हो । हालसम्म झण्डै ५ हजार नेपालीले आवेदन दिएको तथ्यांक यहाँका मिडियाहरुले उल्लेख गरेका छन् । तर शरणार्थी हैसियत पाएकाको संख्या भने उल्लेख गरिएको छैन । जापान स्थित नेपाली राजदूताबासले परराष्ट्र मन्त्रालयलाई यस सम्बन्धमा ध्यानाकर्षण गरेको कुरा नेपालका केहि पत्रिकाले छापेका छन् । जापानको कानुनी व्यवस्था अनुसार यहाँ शरणार्थी बन्न आवेदन दिएपछि प्रक्रिया टुंगिन लगभग २ वर्ष लाग्छ । आवेदनपछि शुरुको छ महिना लुकेर, अनि पछि पूरा समय काम गर्न पाइन्छ । त्यो समयमा राम्रो काम पाएमा अन्य बिद्यार्थी भिसा अथवा प्रशिक्षार्थी कामदार भिसामा भन्दा बढी कमाई हुने सम्भावना रहन्छ । त्यहि कमाई अहिले शरणार्थी भिसाको निम्ति आकर्षणको प्रमुख कारण बन्न पुगेको छ । यस बाहेक बिद्यार्थी भिसा विभिन्न कारणले लम्बिन्न नसक्दा बिद्यार्थीहरुले पनि शरणार्थीमा आबेदन दिने चलन बढेको छ । यसरी जापानमा बढेको नेपाली शरणार्थी समस्या भित्र अन्य बिबिध पक्ष छन् । जसका कारण यो समस्या बढिरहेको छ । जसको बारेमा यो लेखमा बिश्लेषण गर्ने प्रयास गरिएको छ ।

१. जापानमा कामदार लाने प्रक्रिया असफल हुनु :
जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेशन अर्गनाइजेसन मार्फत प्राविधिक प्रशिक्षार्थी कामदार जापान पठाउन नेपाल र जापानबीच सन् २००३ मा सहमति भएको थियो । जिट्कोमार्फत कामदार पठाउने प्रक्रिया तुलनात्मक रुपमा अन्य मुलुकहरुको भन्दा बढी झन्झटिलो र भिसा आउने प्रक्रिया पनि ढिलो हुने हुदा जिट्कोमार्फत नेपाली प्राविधिक प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया सफल हुन सकेको छैन । यो प्रक्रियाबाट जापान आएकाहरु पनि हुने कमाई र कामको प्रकृतिमा सन्तुष्ट हुन नसक्दा आउनेहरु पनि शरणार्थी आबेदन तर्फ़ आकर्षित भएको देखिन्छ । यो प्रक्रियाबाट जापान आएकाहरुको समस्याको बारेमा हाल सम्म कुनै अध्ययन अनुसन्धान भएको छैन । यो प्रक्रियाको असफलता भित्रको मूल कारणको बारेमा जानकारी नहुंदा नेपाली श्रम बजारको रुपमा जापान स्थापित हुन सकेको छैन । यदि यो प्रक्रियालाई सफल पार्ने हो भने काम कै लागि शरणार्थी हुनुपर्ने बाध्यताको अन्त्य हुने थियो |

२. बिद्यार्थी भिसा भित्रका समस्या :
जापानको बिद्यार्थी भिसा अन्य बिकसित देशको भिसा भन्दा तुलनात्मक रुपमा सजिलो रहेको छ । कुनै पनि भाषा परीक्षा अनिबार्य नगरिएको र कागजी प्रक्रियामा पनि खासै कडाई नगरेको कारण लगभग १० देखि १२ लाख खर्च गरेको भरमा जापान आउन सकिने भएकोले पछिल्लो समय जापान आउने बिद्यार्थीको संख्या बढेको छ । जापानले यसरी बिद्यार्थी भिसा सजिलो बनाउनुमा जापानको आफ्नै स्वार्थले पनि काम गरेको छ । जापानको जनसंख्यामा आइरहेको गिरावटका कारण यतिबेला जापानमा काम गर्ने उमेरका व्यक्तिको संख्यामा कमि आएको छ । बूढाबुढीको सख्या बढ्दै जानु वयष्कको संख्या घटेका कारण जापानको लागि बिद्यार्थी भिसामा आउने २० देखि ३० वर्षका बिद्यार्थी भनेको प्रयोग गर्न सजिलो कामदार साबित भएका छन् | जो हप्ताको कम्तिमा २८ घण्टा काम पनि गर्छन र कमाएको पैसाको ठूलो हिस्सा जापानकै प्राबिधिक स्कूल अथवा बिश्व बिद्यालयमा बुझाउछन् । यसरी बिद्यार्थी भिसामा आउने बिद्यार्थी मध्ये पछिल्लो वर्षमा शरणार्थीको आबेदन दिने बिद्यार्थीको संख्या बढेको छ । जसको कारण भनेको तोकिएको समय भन्दा बढी काम गर्नु र काम अनुसारको कर नतिर्नु प्रमुख रहेको छ । जापानले बिद्यार्थीका लागि प्रति हप्ता २८ घण्टा काम गर्न अनुमति दिन्छ । प्रति घण्टा २८ घण्टा काम गर्ने बिद्यार्थीले लगभग ९० हजार देखि १.१ लाख सम्म कमाउंछन । १० देखि १२ लाख खर्च गरेर आएको बिद्यार्थीले अर्को वर्षको भिसा लम्बाउनको निम्ति यहाँको बिद्यालयलाई कम्तिमा वर्षको ६ देखि ९ लाख बुझाउनुपर्छ । टोकियोमा बस्ने एउटा बिद्यार्थीले दुख गरेर बस्दा पनि न्यूनतम मासिक ६५ हजार आफ्नो जीवनयापनमा खर्च गर्नुपर्छ । यसकारण यहाँका अधिकांश बिद्यार्थी कानुनले तोके भन्दा बढी काम गर्न बाध्य हुन्छन । यहाँको अध्यागमन बिभागले कहिलेकांही भिसा लम्बाउने क्रममा कडा गरिदिनछन् जसको मारमा बिद्यार्थी पर्ने गर्छन । बिद्यार्थी भिसा यसरी लम्बिन नसक्दा नेपालको ऋण, नेपाल फर्केर बिरोजगर हुने डर र थोरै भए पनि कमाएर फर्किने चाहनाका कारण उनिहरु शरणार्थीका लागि आबेदन दिन बाध्य हुन्छन ।

३. असफल कूटनीति:
जापानमा पछिल्लो २ वर्षलाई हेर्ने हो भने यहाँ लगभग प्रत्येक महिना नेपाल सरकारका उच्च पदाधिकारीको भ्रमण हुने गरेको छ | राष्ट्रपतिको स्वास्थ्य उपचारबाट सुरु भएको क्रम पछिल्लो महिनासम्म अर्थमन्त्री र श्रममन्त्रीको भ्रमणसम्म आईपुग्दा सम्म विधिवत रुपमा कुनै पनि भ्रमणमा यहाँको स्थानिय नेपालीको समस्याले प्रवेश पाएको पाईएन । पछिल्लो शरणार्थी आबेदनको सम्बन्धमा भने जापान स्वयमको पनि चासो रहेको हुंदा श्रममन्त्रीको भ्रमणमा केहि कामदारको बिषयमा छलफल भएको जानकारी छ । बिगत लामो समय देखि नेपाल राजदूताबासको फोन नउठ्ने समस्याका कारण पटक पटक राजदूताबासको आलोचना हुने गरेको छ । फोन नउठ्ने समस्याको बारेमा राजदूताबाससंग तर्कसंगत उत्तर पनि छ । बिगतमा १० हजार नेपाली हुंदा पनि यहाँको राजदूताबासका कर्मचारी सख्या ३ जना थिए । अहिले ४० हजार नेपाली पुग्दा र एमआरपीको चटारो हुंदा पनि यहाँको कर्मचारीको सख्या ३ नै रहेको छ । अब ति ३ जना कर्मचारीले दैनिक प्रशासनिक काम गर्ने कि, मन्त्रीको भ्रमण तालिका मिलाउने कि, एमआरपीको चटारो सम्हाल्ने कि,  फोनमा नेपालीका गुनासो सुन्ने ? यी सबै कुरा सुन्दा फोन नउठ्ने समस्या तर्कसंगत लागे पनि बिगत २ वर्ष देखि समस्या समाधान नहुनु बिडम्बनापूर्ण छ । अब दैनिक कार्य गर्न कर्मचारी नपुग्ने बेलामा देशको पर्यटन बिकासको गतिबिधि, बिद्यार्थीका समस्या समाधान, नेपाली कामदारका समस्या समाधान जस्ता बिषयमा राजदूताबासको भूमिका अपेक्षा गर्नु भनेको दिवास्वप्न देख्नु बराबर नै भएको छ ।

४. बिचौलियाको सक्रियता :
शरणार्थीको सम्बधमा कडा नीति लिने गरेको जापानको संधै आलोचना हुनेगर्छ । जसकारण पछिल्लो केहि वर्ष जापानले शरणार्थी आवेदकको बारेमा केहि खुकुलो नीति लिएको थियो । जसको फाइदा केहि नेपाली बिचौलियाले लिन पाए । नेपालबाट नै शरणार्थीमा आबेदन दिने तयारीका साथ जापान भित्रिने नेपालीको संख्या बढ्यो । यता थोरै तलबमा काम गर्न बाध्य प्रशिक्षार्थी कामदार र भिसाका समस्या भएका बिद्यार्थीहरुसित रकम असुलेर शरणार्थी हुन प्रेरित गर्ने नेपाली बिचौलियाहरु सक्रिय भए । काम खोजिदिने लगायतका काम गरिदिने बिचौलिया कारण जापानमा नेपाली शरणार्थी आवेदक बढेर गए । यो क्रम अझै जारी छ । यो क्रमलाई रोक्न एनआरएन जस्ता संस्थाहरुले सम्बन्धित निकायसित पहल गर्न आवश्यक थियो । बिशेषगरी कामदारको समस्यामा नेपालबाट आउने सरकारी पदाधिकारी मार्फत दबाब सिर्जना गर्ने, बिद्यार्थीहरुको निम्ति अवसरको निम्ति पहल गर्ने काम एनआरएन जापान मार्फत हुन सक्ने थियो तर प्राय निष्क्रिय भूमिकामा रहेको एनआरएन जापानबाट कुनै अपेक्षा गर्न सकिएन ।

के गर्न सकिएला ?
जापान प्रशस्त अवसर भएको देश हो । यो अवसरलाई सदुपयोग गर्न सके नेपालीका लागि यो राम्रो श्रम बजारको रुपमा बिकास हुन सक्छ । अलिअलि काम गर्छु अनि पढ्छु भन्ने मध्यमबर्गीय बिद्यार्थीका लागि पनि जापानमा थुप्रै अवसर उपलब्ध हुन सक्छ । अझ यहाँको राजदूताबासले नेपाली बिद्यार्थीको अन्य कतिपय देशले गरे जस्तै करको दायरामा केहि सहुलियतका लागि पहल गर्ने, विभिन्न नीजि सरोकार केन्द्रसित छलफल गरि छात्रवृत्तिको अवसरलाई बढाउने काम गर्न सक्छ । कामदारको सुबिधाको बारेमा सरकारी पक्षबाट नै पहल हुनु जरुरी छ । पूर्णकालिन कामदारको बारेमा जापान सरकारले नै आश्वासन दिईसकेको अवस्थामा यस भित्रको अवसरको बारेमा अध्ययन अनुसन्धान हुनु जरुरी छ | जापान अध्ययन, काम र ब्यबसायका निम्ति अत्यन्त धेरै अवसर भएको मुलुक हो |

(क्लिनिकल मनोविज्ञ लेखक डा. ज्ञवाली जापानमा नेपालीको बढ्दो आत्महत्या नियन्त्रणका लागि मानसिक रोग तथा आत्महत्या रोकथामका अभियान्ता हुन । लेखिका खतिवडा जापान मै समाजसेवा बिषयमा बिद्यावारिधि गर्दैछिन् )

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया