काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनले काठमाडौंमा सडक मर्मत तथा सरसफाइ तीब्र भएको छ ।
मंसिर १० र ११ गते हुने सार्क शिखर सम्मलेनस्थल राष्ट्रिय सभागृह झकिझकाउ भएको छ भने सडक मर्मत तथा सफाइ गरिएको छ । रंगरोगनले काठमाडौं रमितालाग्दो भएको छ ।


















