Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – हालै ओसाकामा जापानी आक्रमणकारीहरुद्वारा हत्या गरिएका बिष्णु धमलाको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एनडिएफ जापानले एक बिज्ञप्तीमार्फत हार्दिक श्रद्धासुमन ब्यक्त गरेको छ ।

एनडिएफ जापानका अध्यक्ष सिर्जना काफ्लेद्वारा प्रेषित बिज्ञप्तीको पूर्णपाठ यसप्रकार छ ।

बिष्णु धमला प्रती शब्द सुमन
एन डि एफ जापानले ओसाकामा हालै हत्या गरिएका नेपाली होटेल ब्यबसायी बिष्णु धमलाको हत्याको भत्र्सना गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली ब्यक्त गर्दछ । साथै परिवारजनप्रती धैर्य धारणा गर्ने शक्ती मिलोस भन्ने कामना गर्दछौ l

यस् अघी पनि नेपाली हरु माथि हुने गरेका अंमानबिय र क्रुर घटना हरु को बारेमा जापानि सरकार सँग नेपाली हरुको सुरक्षा को माग गर्दै उक्त घटना का दोशी हरुलाई कारबाहीको माग गर्दछ l

यस्ता सम्बेदनशील बिषय बस्तु हरु मा हामी नेपाली हरु को एक्ता लाई मज्बूत बनाउन समेत आग्रह गर्दछ l

यस् घटनाको बारेमा नजिक बाट सहयोग गर्नु हुने सम्पूर्ण महानु भाव हरु प्रती समेत धन्यवाद दिन चाहन्छौ l

यो नमिठो र अप्रिय घटनाले हामी नेपाली हरुलाई सचेत र सजग रहन को लागि सन्केत गरेको छ l आगामी दिन हरुमा जापान बासी नेपाली हरुले आफु कुनै पनि ठाउँ मा असुरक्षित महसुस भएमा ११० न मा फोन गरी जानकारी गराउने साथै नेपाली राज्दूतबास सँग परामर्श गर्ने या अन्य सघ सन्था लाई जानकारी गराइ आफ्नो सुरक्षा को बारेमा सचेत रहन समेत हार्दिक आब्व्ह्वन गर्दछौ l

सिर्जना काफ्ले
अध्यक्ष्य
एनडिएफ जापान

तपाईको प्रतिक्रिया