Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

टोकियो – मगर समुदायको सबैभन्दा महत्वपूर्ण पर्व माघे संक्रान्ति एक रात्रीभोजसहित सामूहिक भेटघाट, शुभकामना आदान गर्दै आइतवार टोकियोमा मनाइएको छ ।

नेपाल मगर सेवा समिति टोकियो जापानको आयोजनामा इकेबुकुरोस्थित बुद्ध रेष्टुरेन्टमा उक्त माघे संक्रान्ति पर्व मनाइएको हो । कार्यक्रममा माघे संक्रान्तिजन्य तरुल, चाकु, लड्डु, सेलरोटी लगायतका बिभिन्न परिकारहरुको ब्यवस्था रहेको थियो ।

मगर सेवा समितिका नवनिर्वाचित अध्यक्ष शैलेन्द्र थापाको सभापतित्वमा भएको सो कार्यक्रममा एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष ध्रुब भट्टचन, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, मजदुर संगठन जापानका उपाध्यक्ष पदम गुरुङ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ललगायतका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति तथा शुभकामना मन्तब्य रहेको थियो ।
उक्त माघे संक्रान्ति कार्यक्रम समाजका सल्लाहकार नविन थापा मगरको संयोजकत्वमा सम्पन्न भएको थियो । ***

 

तपाईको प्रतिक्रिया