Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

दुबई (युएई)– भारतीय जि टिभी च्यानलद्वारा प्रसारित चर्चित डिआइडी लिटिल मास्टर सिजन थ्र का विजेता तेरिया फौजा मगर, गायिका, नायिका र मोडेल छुल्थिम डोल्मा गुरुङ र नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नरेन्द्र कुमाल दुबईमा आउने भएका छन् ।

आगामी २९ अगस्तका दिन दुबईस्थित शेख राशिद अडिटोरियम हलमा २० औं विश्व आदिवासी जनजाति दिवस २०१४ को अवसरमा हुने भएको ‘नेपाली कल्चर शो’ सांगीतिक कार्यक्रमका लागि आउने भएका हुन् ।

उक्त कुरा शुक्रबार दुबईको नेपाली रेष्टुरेण्टमा नेपाल आदिवासी जनजाति महासंघ युएईद्वारा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष डिआर गुरुङले जानकारी दिएका हुन् ।
‘लिटिल मास्टर सिजन थ्री’ का विजेता भएपछि बिदेशको भ्रमणमा व्यस्त रहेकी तेरिया मगर दुबईमा आउने खबरले युएईका दर्शकहरु निकै उत्साहितमा छन् । तेरिया मगरका साथ नायिका छुल्थिम गुरुङ र यएईका ख्यातिप्राप्त कलाकारहरुको पनि वेजोड प्रस्तुति रहने भएको छ । सोही अवसरमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नरेन्द्र कुमालले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

युएईको सन्दर्भमा आयोजना गरिने कार्यक्रमहरुमध्ये पहिलो पटक एक लाख बीस हजार दिरामको लगानीमा ऐतिहासिक कार्यक्रम हुने आयोजक बताउँछन् । जीटिभीसँग समन्वय भएर गरिने यस कार्यक्रममा केवल नेपालीहरु मात्र नभएर गैरनेपालीहरुको पनि सहभागिता रहने भएको छ ।

कार्यक्रममा प्रवेशका लागि महिलाहरुलाई बिशेष छुटका साथ ३५ दिराम र पुरुषहरुका लागि ५० दिराम राखिएको छ भने सिल्भर एड्मिशनको लागि १०० दिराम, गोल्ड एडमिशनको लागि १५० दिराम र डाइमण्ड एडमिशनको लागि ५०० दिराम राखिएको छ ।

कार्यक्रमका लागि टिकट बिक्री बितरण अन्तर्गत ५ पुरस्कारको व्यवस्था समेत गरिएको छ । जसमा १५ हजार दिरामको टिकट बिक्री गरेमा पुरस्कारको लागि सहभागी हुन पाउने र सबैभन्दा धेरै टिकट बिक्री गर्नेलाई प्रथम पुरस्कारको रुपमा २,००० दिराम र प्रशंसापत्र, द्वितीय पुरस्कार १,५०० दिराम र प्रशंसापत्र, तृतीय पुरस्कार १,००० दिराम र प्रशंसापत्र, चौथो पुरस्कार ७०० दिराम र प्रशंसापत्र र पाँचौ पुरस्कार ५०० दिराम र प्रशंसापत्र रहेको छ । ***

तपाईको प्रतिक्रिया