टोकियो – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ उपचारका लागि सोमबार दिउँसो १ बजे जापानका लागि प्रस्थान गरेका छन । घाँटीको पछाडी पट्टीको मुल नसा हड्डिमा च्यापिएकाले त्यसको शल्यक्रियाका लागि उनी जापान आउन लागेका हुन् ।उनी निकट स्रोतकाअनुसार नेपाली डाक्टरहरुले बिदेशमा उपचार गर्दा राम्रो हुने सल्लाह दिएकाले उनी जापानको होक्काइडो अस्पतालमा उपचार गराउने निर्णयमा पुगेका हुन् । मन्त्री श्रेष्ठ भोलि बिहान नारिता बिमानस्थल हुंदै भोलि नै होक्काइडो तर्फ़ लाग्ने कार्यक्रम रहेको बुझिएको छ । उनको उपचारमा कति समय लाग्ने भन्ने बारेमा अझै स्पष्ट नभएको बुझिएको छ ।
मन्त्री श्रेष्ठको जापान बसाई अवधिमा अनुकुल समय मिलाएर नेपाली समुदायबीच भेटघाट कार्यक्रम गरिने बताईएको छ । +++








