Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

समयका स्वादहरु

ramesh

हिँड्दै जाँदा भेटिदै जाँदा

कति साथीले मुटुमा छुन्छन्

बिर्सनै नसक्ने मीठा प्यारा

थुप्रै सम्झनामा थुन्छन्

 

पुरानो झ्याल खोली एकनासले

पर-पर हेरिरहन्छु

फिँजिएका अनगिन्ती रमाइला क्षण

परेली झिम्काई बेरिरहन्छु

 

पूर्व सूर्यको लालीले छुँदा

न्यानोपनको अनुभव भइरहन्छ

साटेका असंख्य मुस्कान र हाँसो

फेरि-फेरि चाहानामा आइरहन्छ

 

रङ्गीचङ्गी फक्रिएका फूलमा

मायाका याद रङ्गीरहन्छन्

ति आत्मिय बितेका पलमा

समयका स्वादहरु बल्झिरहन्छन्

 

-लस एन्जेलस

तपाईको प्रतिक्रिया