Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २३, २०८३
Tuesday, July 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ  – विगत दुई सातादेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएको दृष्टिविहीन समुदायले सरकारसँग भएको सहमतिपछि आन्दोलन तत्कालका लागि स्थगित गरेको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँगको वार्तामा उनीहरूका माग सम्बोधनका लागि आवश्यक पहल गर्ने सहमति भएपछि आन्दोलन रोकेको हो।

सहमतिअनुसार साउन मसान्तसम्म दृष्टिविहीनहरूले गर्दै आएका कला, सांगीतिक प्रस्तुति तथा जीविकोपार्जनका गतिविधिमा कुनै अवरोध गरिने छैन। साथै, उनीहरूका माग पूरा गर्न सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरी समाधान प्रक्रिया अघि बढाइनेछ।

दृष्टिविहीन समुदायले योग्यता अनुसार रोजगारी, सीपमूलक तालिम, बीउपूँजी, सहुलियतपूर्ण कर्जा, निःशुल्क स्वास्थ्य सेवा, सहायक सामग्री, सार्वजनिक यातायातमा ५० प्रतिशत छुट तथा दृष्टिविहीनका छोराछोरीलाई निःशुल्क शिक्षालगायतका माग अघि सारेका छन्।

दुवै पक्षले नियमित संवाद र समन्वयमार्फत मागहरू चरणबद्ध रूपमा कार्यान्वयन गर्दै दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया