Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २३, २०८३
Tuesday, July 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ  – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

यसअघि सोमबार नेपाल सरकार र एडीबीबीच २२ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा दुई अलग-अलग आयोजनाका लागि उक्त सम्झौता गरिएको हो। सरकारले प्राप्त ऋण भन्सार प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउन प्रयोग गर्ने जनाएको छ। जोखिममा आधारित जाँच प्रणाली र सरल प्रक्रियामार्फत व्यापार लागत घटाउने तथा सीमापार व्यापारलाई थप सहज र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

सरकारका अनुसार आयोजनाको प्रभावकारी कार्यान्वयनबाट स्वदेशमा रोजगारीका अवसर बढ्नुका साथै क्षेत्रीय मूल्य शृंखलामा नेपालको पहुँच अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया