Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानका करिब ४० वटा रेल स्टेशन र व्यावसायिक भवनमा आत्महत्या रोक्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली प्रयोगमा ल्याइएको छ । क्त प्रणालीको सहयोगमा अहिलेसम्म कम्तीमा दुई जनाको ज्यान जोगिएको प्रणाली निर्माण गर्ने कम्पनीले जनाएको छ।  

टोकियोस्थित असिल्ला इन्कले बनाएको यो प्रणालीले स्टेशन, भवन तथा अन्य सार्वजनिक स्थानमा जडान गरिएका सीसीटीभी क्यामेराबाट मानिसहरूको व्यवहार विश्लेषण गर्दछ । रेलको प्लेटफर्म किनार वा भवनको छत नजिक धेरै समय बसिरहने, यताउता गरिरहने वा असामान्य गतिविधि देखिनेजस्ता संकेतका आधारमा यो प्रणालीले जोखिम मूल्यांकन गर्दछ ।

यस्ता संकेत देखिएपछि प्रणालीले सुरक्षाकर्मी वा स्टेशनका कर्मचारीलाई तत्काल सूचना दिन्छ । केही स्थानमा भने लाउडस्पिकरमार्फत पनि चेतावनी समेत दिने व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार एक घटनामा व्यावसायिक भवनको सामान्य ग्राहक नजाने क्षेत्रमा एक पुरुषलाई उक्त प्रणालीले पहिचान गरेको थियो । त्यसपछि सुरक्षाकर्मी उनी नजिक गएर सोधपुछ गर्दा उनले भवनबाट हाम फाल्ने सोच बनाएको बताएका थिए ।

अर्को घटनामा एक बालक भवनको माथिल्लो तलाको रेलिङ नजिक लामो समय बसेको प्रणालीले देखाएको थियो । सुरक्षाकर्मी पुगेपछि ती बालकले आत्महत्या सम्बन्धी नोट लेखिरहेको खुलेको कम्पनीले जनाएको छ ।

असिल्लाले सन् २०२२ देखि करिब २०० व्यावसायिक भवन तथा अन्य संस्थासँग सहकार्य गर्दै आएको छ । कम्पनीले करिब ७० लाख सीसीटीभी क्यामेरा फुटेजको आधारमा प्रणालीलाई प्रशिक्षण दिएको जनाएको छ ।

यो प्रणालीले आत्महत्या जोखिमका संकेत मात्र होइन, बिरामी परेका, चल्न नसकेका वा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूको पनि पहिचान गर्न सक्ने कम्पनीको जनाएको छ ।

कम्पनीका अनुसार हाल यो प्रणाली टोकियो र छिमेकी कानागावा प्रिफेक्चरका करिब ३० व्यावसायिक भवन तथा १० वटा स्टेशनमा प्रयोगमा रहेको छ ।

तपाईको प्रतिक्रिया