
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ (इयु)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा कूटनीतिक मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त भेट भएको हो।
भेटमा नेपालको विकास प्राथमिकता, द्विपक्षीय सम्बन्ध विस्तार तथा आपसी सहकार्यका विविध विषयमा छलफल भएको सचिवालयले जनाएको छ। यसअघि पनि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक छलफल गरेका थिए।








