काठमाडौं – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार जापानी मुद्रा ‘येन’ को भाउमा थप गिरावट देखिएको छ । पछिल्लो केही दिनदेखि ओरालो लाग्ने क्रममा रहेको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ६१ पैसा कायम भएको छ ।
राष्ट्र बैंकको विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ५७ पैसा र बिक्री दर ९ रुपैयाँ ६१ पैसा रहेको छ । जापानी येनसँगै अमेरिकी डलर र अन्य प्रमुख मुद्राहरूको भाउमा पनि आज सामान्य गिरावट देखिएको छ । १ अमेरिकी डलरको खरिद दर १५२.०८ रुपैयाँ र बिक्री दर १५२.६८ रुपैयाँ कायम भएको छ । १ युरोको बिक्री दर १७७.७९ रुपैयाँ रहेको छ ।
पाउन्डको बिक्री दर आज २०६.०५ रुपैयाँ कायम गरिएको छ । नेपाली बजारमा उपलब्ध मुद्राहरूमध्ये सबैभन्दा महँगो कुवेती दिनारको भाउ ५०० को विन्दुबाट तल झरेको छ । आज कुवेती दिनारको बिक्री दर ४९७ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै, अन्य खाडी मुद्राहरूको दर यस प्रकार छ:
- कतारी रियाल: ४१ रुपैयाँ ८८ पैसा
- युएई दिराम: ४१ रुपैयाँ ५७ पैसा
- साउदी रियाल: ४० रुपैयाँ ६९ पैसा
- ओमानी रियाल: ३९६ रुपैयाँ ५७ पैसा
मलेसियन रिंगिटको बिक्री दर ३८ रुपैयाँ ६३ पैसा, अस्ट्रेलियन डलरको १०९ रुपैयाँ ४६ पैसा र क्यानेडियन डलरको ११० रुपैयाँ ५४ पैसा कायम भएको छ । दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ०८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले सार्वजनिक गर्ने यो दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा बैंक तथा वित्तीय संस्थाहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।








