Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – टोकियोको प्रसिद्ध व्यापारिक क्षेत्र गिन्जास्थित एक ‘कमर्सियल कम्प्लेक्स’ भित्र सोमबार दिउँसो एक अज्ञात व्यक्तिले स्प्रे (छर्किए) गरेपछि १९ जनालाई अस्पताल भर्ना गरिएको छ । सो पदार्थको चपेटामा परेर करिब २५ जनाले असहज महसुस गरेका थिए ।

प्रहरीका अनुसार, गिन्जास्थित ‘गिन्जा सिक्स’ सपिङ मलमा दिउँसो १२ बजेतिर एक महिलाले आपत्कालीन फोन गर्दै त्यहाँ ‘तीखो र पिरो गन्ध’ फैलिएको र ‘सबैजना खोकिरहेको’ जानकारी दिएकी थिइन् । मलमा जडान गरिएको सुरक्षा क्यामेराको फुटेजमा एक पुरुष जस्तो देखिने व्यक्तिले पहिलो तलामा रहेको एटिएम मेसिन नजिकै अज्ञात पदार्थ छर्किएको देखिएको छ । घटनालगत्तै ती व्यक्ति त्यहाँबाट फरार भएका छन्। प्रहरीले अहिले ती व्यक्तिको पहिचान र खोजी कार्यलाई तीव्र बनाएको छ ।

अस्पताल लगिएका १९ जनामध्ये कसैको पनि अवस्था चिन्ताजनक नरहेको प्रहरीले जनाएको छ । यो घटना टोकियो मेट्रोको गिन्जा स्टेसनबाट करिब २०० मिटर दक्षिण–पश्चिममा घटेको हो । घटनाको प्रत्यक्षदर्शी ५० वर्षीया एक महिलाले भनिन्, ‘मैले धेरै पैदलयात्रीहरूलाई आफ्नो मुख छोपेर भागिरहेको देखेँ । मेरो घाँटी पनि अझैसम्म झमझमाइरहेको छ र दुखिरहेको छ।’

तपाईको प्रतिक्रिया