Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार बिहान सभामुख अर्याल लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर यादवसँग भेट गरेका हुन्।

सभामुखको सचिवालयका अनुसार भेटमा देशको समसामयिक राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसदको प्रभावकारी सञ्चालनलगायत राष्ट्रिय महत्वका विषयमा छलफल भएको थियो।

त्यसक्रममा लोकतान्त्रिक संस्थालाई अझ मजबुत बनाउने, संसदलाई जनउत्तरदायी र प्रभावकारी बनाउने तथा मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने विषयमा पनि दुवैबीच विचार आदानप्रदान भएको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया