काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार जापानी मुद्रा ‘येन’को मूल्यमा गिरावट देखिएको छ । पछिल्लो केही समयदेखि उतारचढावपूर्ण रहेको येनको भाउ आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
राष्ट्र बैंकको पछिल्लो विनिमय दरअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ६० पैसा र बिक्री दर ९ रुपैयाँ ६४ पैसा रहेको छ । येनको भाउ ओरालो लाग्दा अमेरिकी डलर र अन्य प्रमुख मुद्राहरूको मूल्य पनि अघिल्लो दिनहरूको तुलनामा केही घटेको छ । १ अमेरिकी डलरको खरिद दर १५२.८१ रुपैयाँ र बिक्री दर १५३.४१ रुपैयाँ कायम भएको छ ।
नेपाली बजारमा सबैभन्दा महँगो मुद्राको रूपमा रहेको कुवेती दिनारको बिक्री दर आज ५०० रुपैयाँ ०३ पैसा रहेको छ । आज बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०६.०४ रुपैयाँ र युरोपियन युरोको बिक्री दर १७८.०० रुपैयाँ कायम भएको छ ।
खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरूका लागि आजको विनिमय दर यस प्रकार छ:-
- कतारी रियाल: ४२ रुपैयाँ ०९ पैसा
- युएई दिराम: ४१ रुपैयाँ ७७ पैसा
- साउदी रियाल: ४० रुपैयाँ ८८ पैसा
- मलेसियन रिंगिट: ३८ रुपैयाँ ६६ पैसा
- ओमानी रियाल: ३९८ रुपैयाँ ९९ पैसा
- बहराइन दिनार: ४०६ रुपैयाँ ९२ पैसा
यसैगरी, क्यानेडियन डलरको बिक्री दर १११.०० रुपैयाँ र अस्ट्रेलियन डलरको १०९.३४ रुपैयाँ कायम भएको छ। दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ०९ पैसा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गर्ने यो विनिमय दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा बैंक तथा वित्तीय संस्थाहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य भिन्नता हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।








