Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौँ  – प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा हुने प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन तत्काल समय दिन अस्वीकार गरेका छन्। सभामुख डिपी अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार संसद् उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन आग्रह गरे पनि प्रधानमन्त्रीले समय नदिएको बताइएको छ।

प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था कार्यान्वयन गर्न विपक्षी दलहरूले दबाब दिँदै संसद् बैठक अवरुद्ध गरेका थिए। विपक्षीको विरोधपछि सभामुख अर्याल प्रधानमन्त्री कार्यालय पुगेर प्रश्नोत्तरका लागि समय मिलाउन आग्रह गरेका थिए। तर प्रधानमन्त्री शाहले अहिले समय दिन नसक्ने र पछि उपयुक्त समयमा संसद् आउने बताएका छन्।

सभामुखले प्रधानमन्त्रीसँग भएको छलफलबारे कार्य व्यवस्था परामर्श समितिलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीले संसद्‌मा प्रश्नोत्तरका लागि समय नदिएपछि विपक्षी दलहरूले विरोध जारी राख्ने चेतावनी दिएका छन्। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद् बैठकमा विरोध कायम रहने र थप रणनीति छलफलपछि तय गरिने बताएका छन्।

तपाईको प्रतिक्रिया