काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिलाई असंसदीय ठहर गर्दै संसद्को अभिलेखबाट हटाइएको छ। सभामुख डोलप्रसाद अर्यालले नियमावलीविपरीत प्रयोग भएका शब्द हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा थापाले राष्ट्रिय स्वतन्त्र पार्टी, जेनजी आन्दोलन र नेपाली सेनाबारे टिप्पणी गरेका थिए। उनले रास्वपालाई ‘अराजक भीड’ भनेपछि रास्वपा सांसदहरूले त्यसमा आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसद् रेकर्डबाट हटाउन माग गरेका थिए।
बुधबारको बैठकमा पनि सो विषय उठेपछि सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार असंसदीय शब्द हटाउने निर्णय सुनाएका हुन्।
प्रकाशित मिति: बुधबार बैशाख ३०, २०८३
प्रकाशित समय: १७:४४:१०








