Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानमा घरायसी खर्च मार्च महिनामा लगातार चौथो महिना पनि ओरालो लागेको छ । बढ्दो महँगीका कारण उपभोक्ताहरूको खर्च गर्ने उत्साह (मनोबल) कमजोर हुँदै गएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

जापानको आन्तरिक मामिला मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दुई वा सोभन्दा बढी सदस्य भएका परिवारको खर्च अघिल्लो वर्षको तुलनामा २.९ प्रतिशतले घटेको छ (मुद्रास्फीति समायोजन गरिएको)। मार्च महिनामा प्रति परिवार औसत खर्च ३ लाख ३४ हजार येन (करिब २,१०० डलर) रहेको छ ।

तथ्याङ्कअनुसार खाद्यान्नमा हुने खर्चमा २.९ प्रतिशतको गिरावट देखिएको छ । विशेष गरी माछाजन्य उत्पादन र अण्डा जस्ता सामग्रीको मूल्य अत्यधिक बढेका कारण उपभोक्ताहरूले यस्ता वस्तुको खरिदमा कटौती गरेका छन् ।

यसको विपरीत, फर्निचर र घरायसी सामग्रीमा हुने खर्च भने ५.५ प्रतिशतले बढेको छ। विशेष गरी खाद्यवस्तु बेर्ने प्लास्टिक र प्लास्टिकका झोलाहरूको खरिदमा उल्लेख्य वृद्धि देखिएको छ ।

मन्त्रालयका अधिकारीहरूका अनुसार मध्यपूर्वमा जारी इरान द्वन्द्वका कारण पेट्रोलियमजन्य उत्पादनको अभाव हुन सक्ने वा मूल्य अझ बढ्न सक्ने त्रासले उपभोक्ताहरूले प्लास्टिकबाट बनेका सामग्रीहरू पहिल्यै मौज्दात गर्न थालेका हुन् । महँगीले जापानी घरपरिवारको दैनिक जीवनमा पारेको यो नकारात्मक प्रभावले मुलुकको आन्तरिक माग र समग्र आर्थिक वृद्धिमा चुनौती थपेको विज्ञहरूको विश्लेषण छ ।

तपाईको प्रतिक्रिया