काठमाडौं – नेपाली मुद्राको तुलनामा जापानी येन र अमेरिकी डलरसहितका प्रमुख वैदेशिक मुद्राहरूको भाउमा वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार १० जापानी येनको बिक्री दर ९ रुपैयाँ ७३ पैसा पुगेको छ ।
पछिल्ला केही दिनयता स्थिर रहेको येनको भाउमा आज सुधार आएको हो । राष्ट्र बैंकका अनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ६९ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा कायम भएको छ ।
१ अमेरिकी डलरको बिक्री दर आज १५३ रुपैयाँ ३१ पैसा पुगेको छ । यस्तै, युरोपियन युरोको भाउले पहिलो पटक १८० को विन्दु नाघेको छ । आज युरोको बिक्री दर १८०.०२ रुपैयाँ र बेलायती पाउन्ड स्टर्लिङको २०७.५३ रुपैयाँ कायम भएको छ ।
आजको विनिमय दरमा अर्को महत्त्वपूर्ण परिवर्तन कुवेती दिनारमा देखिएको छ। नेपाली बजारमा सबैभन्दा महँगो मुद्रा मानिने कुवेती दिनारले ५०० को ऐतिहासिक विन्दु पार गर्दै आज ५०० रुपैयाँ ६० पैसा (बिक्री दर) कायम भएको छ ।
- कतारी रियाल: ४२.०६ रुपैयाँ
- साउदी रियाल: ४०.८६ रुपैयाँ
- युएई दिराम: ४१.७४ रुपैयाँ
- मलेसियन रिंगिट: ३८.९७ रुपैयाँ
- बहराइन दिनार: ४०६.४२ रुपैयाँ
यसैगरी, अस्ट्रेलियन डलरको बिक्री दर ११०.७८ रुपैयाँ र क्यानेडियन डलर १११.८२ रुपैयाँ पुगेको छ । भारतीय रुपैयाँ (भारु) को विनिमय दर भने स्थिर रहेको छ । प्रति १०० भारुको खरिद दर १६०.०० र बिक्री दर १६०.१५ रुपैयाँ साविककै बमोजिम कायम छ । खुल्ला बजारमा बैंकहरूले तोक्ने दरमा भने केही सामान्य अन्तर हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।








