Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानले आफ्नो आकाशमा देखिने पहिचान हुन नसकेका ‘अज्ञात वस्तु’ र अन्य रहस्यमय गतिविधिहरूका बारेमा सूचना सङ्कलन र विश्लेषण गर्न अमेरिकासँग निकट सहकार्य गरिरहेको जनाएको छ । राष्ट्रिय सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जापानले यस्तो कदम चालेको हो ।

गत हप्ता अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सन् १९४० को दशकदेखि हालसम्म अमेरिकी सेना, अन्तरिक्ष एजेन्सी ‘नासा’ र अन्य निकायहरूले रेकर्ड गरेका करिब १६० वटा ‘अपरिचित वा रहस्यमय आकाशिय गतिविधि’ सम्बन्धी फाइलहरू सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका ती सामग्रीहरूमा जापानको आकाश वरपर खिचिएको दाबी गरिएको एउटा भिडियो समेत समावेश छ ।

सोमबार पत्रकारहरूसँग कुरा गर्दै जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले आफूले सार्वजनिक गरिएका ती तस्बिर र भिडियोहरू अवलोकन गरेको पुष्टि गरे । एक पत्रकारले ‘के जापानी रक्षा मन्त्रालयले पनि आफूसँग भएका यस्तै सामग्रीहरू सार्वजनिक गर्नेछ ?’ भनी सोधेको प्रश्नमा किहाराले यस विषयमा ‘केस-बाइ-केस’ (परिस्थिति हेरेर) निर्णय लिइने जानकारी दिए । उनले भने, ‘सूचना सार्वजनिक गर्दा जापानको गोप्य सूचना सङ्कलन गर्ने क्षमता उजागर हुन सक्छ । त्यसैले विभिन्न दृष्टिकोणबाट अध्ययन गरेर मात्र यस्ता सामग्री सार्वजनिक गर्ने वा नगर्ने निर्णय लिइनेछ ।’

हालैका वर्षहरूमा आकाशमा देखिने पहिचान नभएका वस्तुहरूलाई केवल ‘एलियन’ वा काल्पनिक कथाका रूपमा मात्र नभई गम्भीर सुरक्षा चुनौतीको रूपमा हेर्न थालिएको छ । विशेष गरी आधुनिक राडारले समेत ठम्याउन नसक्ने यस्ता वस्तुहरू अन्य देशका जासुसी यन्त्र वा उन्नत ड्रोन हुन सक्ने आशंकामा जापान र अमेरिका दुवैले आफ्नो निगरानी र अनुसन्धानलाई तीव्रता दिएका छन् ।

तपाईको प्रतिक्रिया