काठमाडौँ – संघीय संसद्को संयुक्त बैठकमा रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह बीचमै उठेर बाहिरिएका छन्। राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको पुस्तिका हस्तान्तरण गरेर आफ्नो स्थानमा फर्किएका प्रधानमन्त्री शाह केही समयपछि संसद् बैठकबाट बाहिरिएका थिए। प्रधानमन्त्री संसद्बाट जुरूक्क उठेर हिँडेपछि सांसदहरू पनि चकित परेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेनले अमर्यादित, अभद्र र गैरजिम्मेवार प्रवृत्ति देखाएको भन्दै कडा आपत्ति जनाएका छन् । उनले आफ्नै सरकारले बनाएर राष्ट्रपतिकहाँ हस्तान्तरण गरेको नीति तथा कार्यक्रम पूरा सुन्दै नसुनी प्रधानमन्त्री हिँड्नु अमर्यादित र आपत्तिजनक रहेको बताए । उनले यस्तो व्यवहारले संसदीय मर्यादामाथि प्रश्न उठाएको बताएका छन्।








