Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – टोकियोको उत्तर-पूर्वमा अवस्थित इबाराकी प्रान्तले अवैध विदेशी कामदारहरू राख्ने व्यवसायका बारेमा सूचना दिने व्यक्तिलाई पुरस्कृत गर्ने एक विवादास्पद कार्यक्रम सोमबारदेखि सुरु गरेको छ । प्रान्तीय सरकारले आफ्नो क्षेत्रमा बढ्दो अवैध आप्रवासीहरूको सङ्ख्या नियन्त्रण गर्न यस्तो कदम चालेको हो ।

नयाँ व्यवस्थाअनुसार, कसैले कुनै कम्पनी वा व्यवसायले अवैध रूपमा विदेशी कामदार राखेको प्रमाणसहित सूचना दिएमा र सो सूचनाका आधारमा प्रहरीले कानुनी कारबाही गरेमा, सूचना दिने व्यक्तिलाई १० हजार येन पुरस्कार दिइनेछ । सूचना दिने व्यक्तिले प्रान्तीय सरकारको वेबसाइटमार्फत आफ्नो नाम, ठेगाना, फोन नम्बर र परिचयपत्रको प्रतिलिपि (जस्तै ड्राइभिङ लाइसेन्स) अनिवार्य रूपमा बुझाउनुपर्नेछ । प्राप्त सूचनाको सत्यतथ्य जाँच गरेपछि मात्र प्रान्तीय सरकारले उक्त विवरण प्रहरीलाई हस्तान्तरण गर्नेछ ।

जापानका ४७ प्रान्तहरूमध्ये इबाराकी प्रान्त विगत चार वर्षदेखि लगातार सबैभन्दा बढी अवैध विदेशी कामदार भएको प्रान्तको रूपमा सूचीकृत छ । स्थानीय सरकारका अनुसार, श्रमिक अभावका कारण विदेशी कामदारहरूको आवश्यकता भए तापनि अवैध रोजगारीले मानवअधिकार उल्लंघनका घटना बढाउने र श्रम बजारलाई अस्थिर बनाउने भएकाले यो कडा कदम चालिएको हो ।

यो कार्यक्रम गत फेब्रुअरीमा घोषणा भएदेखि नै जापानमा यसको व्यापक विरोध भइरहेको छ। स्थानीय बार एशोसिएशन र विदेशी बासिन्दाहरूको हकहितमा काम गर्ने नागरिक समूहहरूले यस कार्यक्रमले समाजमा भेदभाव, घृणा र विभाजन ल्याउने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले यो कार्यक्रमले विदेशीहरूलाई शङ्काको घेरामा राख्ने र ‘जासुसी’ गर्ने प्रवृत्तिलाई बढावा दिने तर्क गर्दै यसलाई खारेज गर्न माग गरेका छन् ।

विभिन्न सङ्घसंस्थाहरूको विरोधका बावजुद इबाराकीका गभर्नर काजुहिको ओइगावाले यस कार्यक्रमको बचाउ गरेका छन् । गत अप्रिलमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘अवैध कार्यलाई कानुनी दायरामा ल्याउनु सरकारको ‘मौलिक जिम्मेवारी’ हो । यो कार्यक्रम विदेशीहरूलाई निष्कासन गर्नका लागि होइन, बरु नियमसम्मत रोजगारी सुनिश्चित गर्नका लागि हो ।’

प्रान्तले जारी गरेको निर्देशिकामा केवल बाहिरी हुलिया वा राष्ट्रियताको आधारमा दिइने उजुरी वा खराब नियतले दिइने सूचनाहरू स्वीकार नगरिने स्पष्ट पारिएको छ ।

तपाईको प्रतिक्रिया