Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानमा सन् २०२६ को सुरुवातमै भालुको आक्रमणबाट पहिलो मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छ । गत वर्ष भालुको आक्रमणबाट १३ जनाको मृत्यु भएको कीर्तिमानी तथ्याङ्कपछि यो वर्ष पनि भालुको आतङ्क उस्तै रहने देखिएको छ । जाडो महिनाको लामो निद्राबाट भालुहरू भोको अवस्थामा बाहिर निस्कन थालेसँगै जापानका विभिन्न प्रान्तहरूमा उनीहरूको चहलपहल र आक्रमण तीव्र रूपमा बढेको हो ।

जापानको वातावरण मन्त्रालयका अनुसार यस वर्षको पहिलो मृत्युको घटना उत्तर जापानको इवाते प्रान्तमा भएको हो । गत अप्रिल २१ मा ५५ वर्षीया एक महिलाको शव फेला परेको थियो, जसलाई भालुले आक्रमण गरेको पुष्टि भएको छ ।

यसै हप्ता अन्य दुईवटा मानव अवशेषहरू फेला परेका छन्, जसलाई प्रहरी र सञ्चारमाध्यमहरूले भालुकै आक्रमणसँग जोडेका छन् । इवाते प्रान्तमै ६९ वर्षीया चियोको कुमागाइको शव फेला परेको छ, जो पहाडी जङ्गलमा जङ्गली सागसब्जी टिप्न गएकी थिइन् । उनको अनुहार र टाउकोमा भालुको पञ्जाले कोरेका गम्भीर चोटहरू देखिएका छन् । त्यस्तै, अर्को एक शव यामागाता प्रान्तको जङ्गलमा फेला परेको छ ।

यो वर्ष भालु देखिने क्रमले पनि नयाँ रेकर्ड कायम गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मियागी, आकिता र फुकुसिमा प्रान्तहरूमा गत अप्रिलमा भालु देखिएका घटनाहरू अघिल्लो वर्षको तुलनामा चार गुणाले बढेका छन् । गत वर्ष भालुहरू घरभित्र पस्ने, विद्यालय नजिक घुम्ने, सुपरमार्केट र तातोपानीका कुण्डहरूमा समेत आक्रमण गर्ने घटनाहरू दैनिकजसो भएका थिए ।

तपाईको प्रतिक्रिया